, कर्णाली प्रदेशमा थप ५१ जनामा देखियो कोरोना, संक्रमितको संख्या २२९५ पुग्यो

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२९५ पुग्यो

कर्णाली प्रदेशमा थप ५१ जनामा देखियो कोरोना, संक्रमितको संख्या २२९५ पुग्यो

सुर्खेत, भदौ ८ । कर्णाली प्रदेशमा आज दिउसो ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२९५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा, रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा मात्रै ३७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै रुकुम पश्चिमको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकका १८ जना रहेका छन् ।

यस्तै जाजरकेटको भेरी नगरपालिकामा मात्रै १५ जना नयाँ संक्रमित थपिएका छन । भेरी नगरपालिकाको वडा नं. १,२, ३, ४, ७ र १० मा दुई महिला र १३ जना पुरुषमा संक्रमण देखिएको हो । सो प्रयोगशालामामै गरिएको परीक्षणमा बर्दिया, डडेलधुरा, धादिङ र उदयपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सुर्खेत, चितवन र कंचनपुरका २/२ जना, सल्यान, कैलाली, सर्लाही, रुपन्देही र बर्दियाका १/१ जना रहेका छ ।

यस्तै सुर्खेतका दुई र सल्यानका १ जना बाहेक अरुकोे बबई नाकामा स्वाब संकलन गरिएको थियो । उनीहरु सवारी चालक र स्थानीय वासिन्दा हुन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा कालिकोटका तिलागुफा नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९९२ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २९७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ५१ जनामा देखियो कोरोना, संक्रमितको संख्या २२९५ पुग्यो कर्णाली प्रदेशमा थप ५१ जनामा देखियो कोरोना, संक्रमितको संख्या २२९५ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४४ पुग्यो