१३ बैशाख २०८१, बिहिबार

कैलालीका ४७ जनासहित थप ५७ जनामा कोरोना पुष्टि


कोरोना भाइरस

डडेल्धुरा, भदौ ८ । कैलालीका ४७ जनासहित सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ११०६ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने १०४९ जनामा कोरोना नेगेटिभ देखिएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीका ४७ जना, कंचनपुरका ९ जना र बैतडीमा १ जना रहेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका १ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ। साथै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका १ जना र बैतडीको नेपाली सेना गणका १ जनामा कोरोना पुष्टि भएको हो । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५४६३ जना पुगेको छ ।

कैलालीका ४७ जनासहित सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !