१३ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८८


कोरोना भाइरस

पोखरा, भदौ ८ । गण्डकी प्रदेशमा आज बिहान थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:३५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा नवलपरासी सुस्ता पूर्व बिनयत्रिवेणी-१ का २ जना, तनहुँको ब्यास-५ र शुक्लागण्डकी-४ का २ जना, बाग्लुङको बाग्लुङ बजारका २ जना, म्याग्दीको बेनीका १ जना र स्याङजाको पुतलीबजारका १ जना गरी ८ जना रहेका छन् ।

सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् जसमा स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिकाको १ जना र तनहु जिल्ला ब्यास नगरपालिकाको १ जना गरी २ जना नेपाल आर्मीमा कार्यरत रहेका छन् भने म्याग्दी जिल्ला, बेनी नगरपालिकाको १ जना व्यक्ति नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६१२ (८५.३८ %) रहेको छ ।

 

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८८८

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८७९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !