८ बैशाख २०८१, शनिबार

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ ८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ७ गते २०९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १२ वटा नमुनाको नतिजा पोजेटिभ र १९७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको भरतपुर महानगरपालिका क्वारेन्टाइन र पुरानो मेडिकल अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ७ गते शनिवार गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका-७, ९, १० ११ र १२ का १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका ७ जनासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !