७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि रुपन्देही र कपिलवस्तुमा लकडाउन र निषेधाज्ञा


लकडाउन

बुटवल, ७ भदौ । रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको लकडाउन पुनः थप गरेको छ । जिप्रकाले आज राति १२ बजेसम्मलाई जारी गरेको लकडाउन आज पुनः थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘महामारी समुदायस्तरमा नियन्त्रण गर्न यही भदौ १४ गते राति १२ बजेसम्मका लागि पुनः थप गर्ने निर्णय गरेका छौँ ।’

जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको निर्णय र जिल्लामा कोभिड प्रभाव फैलिँदै गएका अवस्थालाई ध्यानमा राखी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम विशेष आदेशमार्फत जिल्लामा थप कडाइको सूचना जारी गरिएको जनाइएको छ ।

कपिलवस्तु जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलँदै गएकाले नियन्त्रणका लागि निषेधाज्ञा एक हप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । यही भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप जारी गरिएको जिप्रकाले जनाएको छ । अहिलेसम्म जिल्लामा एक हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोना सङ्क्रमणकै कारण दुई जनाको ज्यान गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !