६ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या ३१९३५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ८१८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८१८ जनामा पुष्टि भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि हुनेहरुमा २२० जना महिलाहरु र ५९८ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबारसम्म ६००४४४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १३१५५ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९२१२ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ३९४३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११४१४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२६ जना, ललितपुर जिल्लाका १२ जना र भक्तपुर जिल्लाका २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १८६३१ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३१ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ६३४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !