७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८७९


कोरोना भाइरस

पोखरा, भदौ ७ । गण्डकी प्रदेशमा आज दिउसो थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-१६ का २ जना, नवलपरासी सुस्ता पूर्व बिनयत्रिवेणी-१ का ६ जना र गोरखाको गोरखा नगरपालिका-६ का १ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् जसमा कास्की जिल्ला, पोखरा महानगरपालिका-१६ का संक्रमित पुरुष ट्याक्सी चालक हुन् । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६११ (८५.७३ %) पुगेको छ ।

गण्डकी प्रदेशमा आज बिहान ७:३० बजे अध्यावधिक विवरण अनुसार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० जना पुगेको थियो ।

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८७९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !