७ बैशाख २०८१, शुक्रबार

बाँकेका २० सहित २३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो २:१५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३६१ पिसिआर परीक्षण गर्दा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २० जना, तनहुँका १ जना, सुर्खेतका १ जना र बर्दियाका १ जना रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १८ जना पुरुषहरु र ५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १४२८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३२७९२ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३२४३१ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !