८ बैशाख २०८१, शनिबार

चितवनका ७ जनासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ ७ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ७ जनासहित ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ७ गते १०२ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ९ वटा नमुनाको नतिजा पोजेटिभ र ९३ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ६ गते शनिवार गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका-१, ५, ७, ११, १२ र १५ का ७ जना, सर्लाहीका १ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनका ७ जनासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका १० जनासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !