७ बैशाख २०८१, शुक्रबार

चितवनका १० जनासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ ७ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १० जनासहित १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ६ गते प्राप्त भएका नमुनामघ्ये १६७ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १३ वटा नमुनाको नतिजा पोजेटिभ र १५४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरुको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ६ गते शनिवार गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका-४, ९, १०, ११ र २२ का ७ जना, राप्ती नगरपालिका-९ र १ का ३ जना, मकवानपुरका २ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !