, जुम्लामा समुदायमै फैलियो कोरोना : एकैदिन ५२ जनामा देखियो कोरोना संक्रमण

जुम्लामा समुदायमै फैलियो कोरोना : एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

जुम्लामा समुदायमै फैलियो कोरोना : एकैदिन ५२ जनामा देखियो कोरोना संक्रमण

सुर्खेत, भदौ ५ । कर्णाली प्रदेशमा आज दिउसो ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२२५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखका १ जना, कलिकोटका २ जना, बाँकेका १ जना, जुम्लाका ५२ जना, ताप्लेजुङका १ जना, बैतडीका १ जना, बर्दियाका १ जना र रुकुम पर्श्चिमका ३ जना रहेका छन् ।

जुम्लाका आज पहिलो पटक एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना रहेका छन् । संक्रमितहरु गाउँपालिकाको वडानम्बर १, ३, ४, ५, ६ र ७ का हुन् । जुम्लाकै चन्दनाथका ३ र कनका सुन्दरीका १ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । जुम्लाको हिमा गाउँपालिकाका-८ जना र चन्दननाथ नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५२ जनामा कोरोना संक्रमण पृष्टि भएको हो।

हाल प्रतिष्ठानको आइसोलेसन वाडमा १४ संक्रमितको उपचार भइरहेको छ । जुम्लामा एकैदिन धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो। यसले समुदाय स्तरमै कोरोना फैलिएको पृष्टि हुन्छ ।