७ बैशाख २०८१, शुक्रबार

सरकारले पिसिआर परीक्षणमा गर्यो ३ अर्ब खर्च, १ जना कोरोना संक्रमित खोज्न १ लाख ४ हजार भन्दा बढी खर्च हुने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, भदौ ५ । नेपाल सरकारले कोरोना भारइस (कोभिड-१९) को पिसिआर परीक्षणको लागि ३ अर्ब भन्दा बढी खर्च गरेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले हालसम्म पिसिआर परीक्षणको लागि नेपाल सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिएका छन् । साथै उनले १ जना संक्रमित खोज्न नेपाल सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको बताएका छन् ।

हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ । साथै सरकारले १ जनाको पिसिआर परीक्षणका लागि ५५०० रुपैयाँ रकम खर्च गर्दै आएको छ । नेपालमा आज कोरोना संक्रमण नयाँ ८३८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४८३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !