११ बैशाख २०८१, मंगलबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ ५ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३५० पिसिआर परीक्षण गर्दा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका १६ जना र बर्दियाका ६ जना रहेका थिए । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १७ जना पुरुषहरु र ५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १३६७ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३११५२ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३०६५० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !