, नेकपाका २ जना केन्द्रीय सदस्यमा देखियो कोरोना संक्रमण

नेकपाका २ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

नेकपाका २ जना केन्द्रीय सदस्यमा देखियो कोरोना संक्रमण

काठमाडौं, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोरोना पुष्टि हुनेमा केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र अच्युतम काफ्ले छन् । उनीहरू सर्लाही निवासी हुन् ।

२६ साउनमा हरिवनमा गरिएको परीक्षणमा ३२ गते आफ्नो रिपोर्ट पोजिटिभ आएको केन्द्रीय सदस्य काफ्लेले बताए । उनले आफुलाई कुनै लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बसेको जानकारी दिए । वाग्लेले १ साउनमा परीक्षण गरिएकोमा ४ गते बिहीबार रिपोर्ट पोजिटिभ देखिएको हो । उनी पनि घरमै आइसोलेसनमा बसेका छन् ।