, सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा देखियो कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा देखियो कोरोना संक्रमण

धनगढी, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा आज अपरान्ह थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १५ जना महिलाहरु र २१ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४२६ जनाको कोरोना परीक्षण गर्दा अछामका २ जना र कैलालीका ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका १४ जना महिला र १६ जना पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका ४ जना पुरुष रहेका छन् । साथै धनगढी वडा नम्वर ३, ४ र ११ का १/१ जना, १२ का ११ जना, १३ का २ जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का ३ जनामा संक्रमण पुष्टि भएको हो । उता अछामको बान्नीगढी जयगढका १ जना महिला र १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

 सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि