४ बैशाख २०८१, मंगलबार

प्रदेश १ मा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

विराटनगर, भदौ ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३९७ पुगेको छ । नयाँ कोरोना संक्रमित थपिएकाहरुमा १३ जना महिलाहरु र २९ जना पुरुषहरु रहेका छन् ।

सुनसरीमा १२ जना, मोरङमा १० जना, तेह्रथुममा ९ जना, उदयपुरमा ३ जना, धनकुटा र झापामा १/१ जना, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३ जना महिलाहरु र ३ जना पुरुषहरु, कोसी गाउँपालिकामा ४ जना पुरुषहरु, रामधुनी र दुहवीमा १/१ जना पुरुष, मोरङको बुढीगंगामा २ जना महिला र २ जना पुरुष, सुन्दरहरैचामा १ जना महिला र ५ जना पुरुष, तेह्रथुमको म्याङलुङमा ३ जना महिलाहरु र ६ जना पुरुषहरु, उदयपुरको त्रियुगामा १ जना महिला र ३ जना पुरुषहरु, धनकुटाको सहिदभूमि र झापाको गौरीगञ्जमा १/१ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार महोत्तरीका २ जना महिला र १ जना पुरुष, धनुषा र जनकपुरका १/१ जना पुरुष र सिरहाका १ जना महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ बाट बिहीबार १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट १४ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !