६ बैशाख २०८१, बिहिबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि


महानगरीय ट्राफिक प्रहरी महाशाखा

काठमाडौँ, भदौ ४ । काठमाडौँको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ट्राफिक प्रहरीहरुमा संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिनमै बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।

१७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । यसअघि पनि महाशाखाका २ जनालाई संक्रमण देखिएपछि एसएसपी भिम प्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !