, महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ ट्राफिक प्रहरीमा देखियो कोरोना संक्रमण

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ ट्राफिक प्रहरीमा देखियो कोरोना संक्रमण

काठमाडौँ, भदौ ४ । काठमाडौँको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ट्राफिक प्रहरीहरुमा संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिनमै बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ ।

१७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । यसअघि पनि महाशाखाका २ जनालाई संक्रमण देखिएपछि एसएसपी भिम प्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।