, गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१८

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१८

गण्डकी प्रदेशमा थप ६ जनामा देखियो कोरोना, संक्रमितको संख्या १८१८

पोखरा, भदौ ४। गण्डकी प्रदेशमा आज बिहान थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८१८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-५ र ८ का ३ जना, तनहुँको भानु नगरपालिका-६ क २ जना र स्याङजाको गल्यांगका १ जना गरी ६ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१८

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१२