६ बैशाख २०८१, बिहिबार

नोबेल कोरोना भाइरसबारे रोचक जानकारी


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज डाक्टर होस् या नर्स होस् या सेवामा लागेका वैङ्क कर्मचारी किन नहोउन या अन्य पेसा अगालेर बसेका व्यापारी किन नहोउन या सामाजिक काममा जुटेका अभियन्ता हुन या पत्रकार हुन या प्रेमि हुन या प्रेमिका किन नहुन कोरोना देखिएपछि भाग दौड मचिन थाल्छ ।

नोबेल कोरोनाको बारेमा हाम्रो सिङ्गो समाज नै गलत सन्देशको सिकार भएको छ । यो रोग ठूलो कुरा होइन तर रोग लागेपछि ठिक पक्कै हुन्छ । रोगसंग हामी कसरी बच्न सकिन्छ भन्ने भावना सबैमा जाग्न आवश्यक छ । आज मानिस मानिसमा भेदभाव बढ्दो छ । रोग लाग्दैमा मर्ने त होइन तर पनि आफु कहिलै नमर्ने जस्तो गरि भेदभाव सुरु हुन थाल्दछ ।

हाम्रो शरिरमा रोग लाग्छ तर रोगको उपचार समयमा गर्न सके निको हुन्छ । चाइनाका वैज्ञानिकहरूले यो सरूवा रोग हो एकबाट अर्कामा सर्छ भनेका थिए तर रोगलाई छुनासाथ मान्छे मर्छ भन्ने कुरा पक्कै भनेन् होला तर पत्रकारले राम्रो पैसा कमाउन गलत प्रचार सुरु गरे यो वैज्ञानिक युग हो यस्ता सानातिना कुरामा मान्छे अल्झायर सिंगो विकासलाई थप्प पार्ने तर आफु भने राता रात धनि हुने जुन काम अहिले भएको छ यो सवै गलत छ ।

कोरोना भाइरस एक प्रकारको सरूवा रोगहो यो रोग जो जसलाई पनि सर्न सक्छ । यो रोगले धनी गरिब सानो जात ठूलो जात भनेर भेदभाव नगरी सर्न सक्छ । यो रोगबाट बच्ने मुलमंत्र भनेको लापरबाही नगर्नु प्रमुख हो ।

मलाई कुनै पनि रोग छैन त्यसैले यो रोग मलाई सर्दैन भन्ने भ्रममा नपरौं । रोगले स्वस्थ शरीर छ भन्दैन सर्न सक्छ । होसियार रहनु सवैभन्दा ठूलो उपलब्धि हो । आज हामीले आफ्नो स्वास्थ्यप्रति लापरबाही गरेनौं भने भोलीका लागी हामी सुरक्षित रहने छौं ।

अहिले हामी वर्तमान अवस्थालाई मात्र नियालेर हेरेका छौं । अब हामीले मान्छे कसरी मर्थे पहिले र अहिले त्यता हामी किन पुग्न सकेनौं । विश्वमा मुटु रोगको कारण बर्षेनी १ करोड ७५ लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गरेको तथ्यांक छ । अहिले जति पनि मानिस मरेका छन् सवै इनै रोगका कारण मरेका छन् तर मेडिया ले यता किन ध्यान दिन सकेन ।

विश्व स्वास्थ्य संगठनले यहि अवस्था जारी रहे सन् २०३० सम्ममा मुटु मुटु रोगबाट मर्नेको संख्या बार्षिक २ करोड ५० लाख पुग्ने अनुमान गरेको देखिन्छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसंख्याको २५% अर्थात करिव ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ ।

नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कोलेस्टेरोल छ, ६ प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई निमोनिया र मुटुको रोग छ । ९० प्रतिशत नेपालीले मुटुलाई बचाउने खालको खाना खाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ ।

एकातिर खानामा अत्यधिक चिल्लो, गुलियो र नूनको मात्रा बढेको छ, हरियो सागपात, फलफूल आदी घटेको छ, चूरोट, सूर्तीको सेवन बढेको छ, रक्सी पिउने बानी बढेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्यधिक बढेको छ । यस प्रकारको अस्वस्थकर जीवन शैलीलाई स्वस्थकर बनाउनेतर्फ कदम चाल्नु नै मुटु रोगबाट बच्ने सबै सबैभन्दा सरल उपाय हो ।

जसरी आज मानिस लापरबाही हुदैछ त्यसरी नै मानिस मर्नेको संख्या बढेको छ । नोबेल कोरोना यस्तै लापरबाही गर्ने व्यक्तिहरूमा नै बढी देखिने गरेको छ । स्वास्थ्यमा लापरबाही नगर्ने हरूले नोबेल कोरोनाका रोगीसंग छोइएपनि रोग नसर्ने गरेको वर्तमान अवस्थाले देखाएको छ ।

अब हामीले सामाजिक दुरि होइन एक आपसमा मिलेर रोगलाई कसरी हटाउन सकिन्छ भन्नेतर्फ एकजुट भएर सामाजिक सेवामा जुट्नुपर्ने समय आएको छ । सामाजिक दुरीले भेदभाव सिर्जना गरको छ । एक आपसमा मिलेर हिड्नेहरूमा समेत फुट पैदा गराएको छ ।

सामाजिक दुरि कायम गराउदा केहि व्यापारीलाई फाइदा भएको हुन सक्छ । अब हामीले कसैलाई पनि फाइदा होइन यसका गलत पक्षलाई केलाउदै अघि बढ्न सकेमा हामी पक्कै सफल हुनेछौं । नोबेल कोरोनाको औषधि बन्ने वाला छैन यो रोग नै होइन यदि रोग भइदिएको भए पक्कै औषधि बन्ने थियो यसतर्फ सबैको ध्यान जान जरूरी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !