, गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७८८

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७८८

गण्डकी प्रदेशमा थप ५ जनामा देखियो कोरोना, संक्रमितको संख्या १७८८

पोखरा, भदौ ३ । गण्डकी प्रदेशमा आज दिउसो थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७८८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज दिउसो १२:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा तनहुँका १ जना, गोरखाका १ जना, बाग्लुङका १ जना, धादिङका १ जना र नवलपरासी (ब. सु. पु) का १ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७८८