, गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७७९

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७७९

गण्डकी प्रदेशमा थप १४ जनामा देखियो कोरोना, संक्रमितको संख्या १७७९

चितवन, भदौ ३ । गण्डकी प्रदेशमा आज बिहान थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७७९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:१० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ९:१० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा तनहुँका २ जना र नवलपरासी (ब. सु. पु) का १२ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७७९