, प्रदेश १ मा थपिए कोरोनाका १३९ जना नयाँ संक्रमित

प्रदेश १ मा थपिए कोरोनाका १३९ जना नयाँ संक्रमित

प्रदेश १ मा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २ भदौ । प्रदेश नं १ मा आज १३९ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण देखिएका मध्येमा ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना सङ्क्रमित भएका छन् । जसमा ३१ जना महिला र ६५ पुरुष छन् । बुढीगङ्गामा दुई महिला तीन पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको दमकमा सात पुरुष, भद्रपुरमा एक महिला पाँच पुरुष, झापा गाउँपालिकामा दुई पुरुष, कनकाइमा एक महिला र झापाको स्थानीय तह नखुलेका चार जना पुरुष, सुनसरीको इटहरीमा एक महिला दुई पुरुष, धरानमा दुई महिला एक पुरुष, सङ्खुवासभाको सभापोखरीका तीन पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा एकएक पुरुष, पाँचथरको कुम्मायकमा एक महिला र धनुषाका एक महिला र महोत्तरीका एक महिलामा कोरानाको सङ्क्रमण देखिएको छ । प्रदेश नं १ बाट आज ३४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरबाट १६ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १३३ पुगेको छ ।

यसै प्रदेशमा आज दुई हजार ६३१ जनाको पिसीआर परीक्षण गरिएको छ भने हालसम्म ७० हजार १०२ जनाको पिसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।