, वागमती प्रदेशसभा उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण पुष्टि

वागमती प्रदेशसभा उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि

मकवानपुर, भदौ १ । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि प्रयोगशाला स्रोतले जनाएको छ ।

तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । सोमबार आएको नतिजामा उनमा संक्रमण पोजेटिभ देखिएको हो । तामाङको स्वकीय सचिवालय स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन् ।

काठमाडौंमा बैठकमा सहभागी भएर आएकी उनमा कोरोना पुष्टि भएको हो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उनले सबैलाई सतर्क रहन आग्रह गरेकी छन् ।

उनलाई सामन्य रुघाखोकी देखा परेपनि केही समस्या नभएको स्वकीय सचिवालय स्रोतले जानकारी दिएको छ । कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा उनमा संक्रमण देखिएको बताइएको छ । साथै उपसभामुखसँग सम्पर्कमा आएकाहरूको पनि परीक्षण गर्ने तयारी गरिएको छ।