१३ बैशाख २०८१, बिहिबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३७० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज दिउसो ५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका १ जना, बर्दियाका ९ जना र बाँकेका ४ जना रहेका छन् ।

आज अपराह्न कोरोना संक्रमित हुनेहरुमा ७ जना पुरुषहरु र ७ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १२८२ जना पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या २९६८२ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २९४०० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !