६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८१ पुग्यो


कोरोना भाइरस

सुर्खेत, भदौ १ । कर्णाली प्रदेशमा आज दिउसो १४जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल,  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट आज बुधवार थप १४ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ७ जना, धनुषाका १ जना, भारतको तनुहवाका १ जना, सल्यानका १ जना, जुम्लाका ३ जना र दैलेखका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १४ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या  १९२८ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !