१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


धनगढी, भदौ १ । सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह १२ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ४ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५२७ जनाको कोरोना परीक्षण गर्दा कंचनपुरका १ जना र कैलालीका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !