४ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या २६ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ४६८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन ३१, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४६८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६०१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा देशभरीको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । उनका अनुसार हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ५ लाख ५ हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड-१९ सङ्क्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुव्र्यवहार नगर्न सबैमा आग्रह गरे ।

हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार ३८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार ७६६ जना उपचारपछि निको भएर फर्किएका छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य छन् ।

थप ३ जनाको मृत्यु,मृतकको सङ्ख्या १०२ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २५ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५९४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !