११ बैशाख २०८१, मंगलबार

नोबेल कोरोना भाइरसको भ्याक्सिनबारे नयाँ जानकारी


कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण सफल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरसबारे मलाई केही भन्न मन लाग्यो । विश्वका जुनसुकै राष्ट्रले जे जसले नोबेल कोरोना भाइरसको भ्याक्सिन निकाले पनि यो रोगको औषधि नभई रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खालको मात्र भ्याक्सिन बन्नेछ ।

हाल यो भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता राम्रो बनाउन मद्दत मात्र गर्छ । तर रोगलाई भने समाप्त पार्दैन । यो काम हाम्रो देशमा पाइने असुरोमा छ भन्दा खासै फरक छैन । रोगसंग लड्ने औषधि या भ्याक्सिन बनाउन कोरोना भाइसबाटै यो औषधि तयार गर्न सकिन्छ ।

नोबेल कोरोना भाइरसलाई निकालेर त्यही भाइरससंग लड्ने अर्को भाइरस तयार गरेर मानिसको शरीरमा प्रवेश गराउन सकेमा मात्र यसको सटिक औषधि बन्न सक्छ । उदाहरणको लागि फलामले फलाम काटे झै रोगले रोगलाई नै नष्ट गर्दछ ।

नोबेल कोरोनाको औषधि बन्दैन किनभने यो एउटा यस्तो भाइरस हो जसलाई कुनै पनि एण्टिवायोटिक मेडिसिनले छुन सक्दैन । बरू असुरोबारे लामो इतिहास हामीले विश्व सामु राख्न सक्छौं । रूघा लाग्दा असुरोको काँडा बनाएर खान्छौं भने यो रोगमा प्रतिरक्षा प्रणाली बलियो हुन गई नोबेल कोरोना भाइरस नष्ट हुनेछ ।

नोबेल कोरोनाको रोकथाममा हामीले असुरोको इन्जेक्सन तयार गरेर हरेकलाई लगाई दिन सकेमा रोग प्रतिरोधात्मक क्षमता हाम्रो शरीरमा पैदा हुनगई रोग भगाउन ठूलो मद्दत गर्नेछ । हाम्रो खानामा रोग प्रतिरोधक क्षमता बढाउने खालको खाना खान सकेमा इम्युन सिस्टम बलियो भए लागेको रोग पनि भाग्नेछ ।

आउनुस इम्युनो सिस्टम बलियो हुने खालका खाना हाम्रो भान्सामा राख्ने र खाने गरौं । यस्ता खालका तरकारी मसलामा ब्रोकाउली, मसरूम, पालक, लहसुन, ड्राइ फुढ, प्रोवायोटिक आहार बढी सेवन गर्ने कम्तीमा आधा घण्टा घाममा बस्ने गरेमा यो रोगसंग लड्ने क्षमता पैदा हुनेछ ।

आजको समय भनेको विज्ञानको समय हो वैज्ञानिकहरूले पोलियो भ्याक्सिन, BCG भ्याक्सिन, TT भ्याक्सिन जस्ता अनेकौं भ्याक्सिन तयार गरेर आज विश्व कृतिमान हासिल गरे तर किन कोरोनाको भ्याक्सिन बनाउन पछि हड्दैछन् । कतै यो राजनीति भाइरस त होइन ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !