१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या २५ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५९४ संक्रमित


प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग

साउन ३०, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५९४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । विगत २४ घण्टामा २४० जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार ७७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै धेरै ११ हजार ५७५ जनाको नमूना परीक्षण गरिएको थियो । पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच, कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ । मृत्यु हुनेमा ७७ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार आज कोरोनाबाट मोरङ र सिरहाका एक–एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको हो ।

पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । हालसम्म चार लाख ९४ हजार ६१३ जनाको पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा थपिए ११९ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ११९ जना कोरोना सङ्क्रमित थपिएका प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौँ ८३, ललितपुर ३० र भक्तपुरका छ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार पनि उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २४९५७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५२५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !