, आज थपिए कोरोनाका नयाँ ५२५ संक्रमित, नेपालमा संक्रमितको संख्या २४९५७ पुग्यो

नेपालमा संक्रमितको संख्या २४९५७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५२५ संक्रमित

आज थपिए कोरोनाका नयाँ ५२५ संक्रमित, नेपालमा संक्रमितको संख्या २४९५७ पुग्यो

साउन २९, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६८३७ पुगेको छ । यो कुल संक्रमितको ६७.५ % रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

काठमाडौं उपत्यकामा आज थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १११ जना, ललितपुर जिल्लाका ११ जना र भक्तपुर जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा ९८५९ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ८३ हजार २८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४७६९ जना र देशभर सक्रिय संक्रमितको संख्या ८०२५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणवाट मृत्य हुनेको संख्या ९५ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ४८४ संक्रमित