७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तु जिल्ला अस्पतालका १८ जना स्वास्थ्यकर्मीमा देखियो काेराेना संक्रमण


कोरोना भाइरस

कपिलवस्तु, साउन २८ । कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । यससंगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ ।

साउन २६ गते सोमबार अस्पतालमा कार्यरत ९१ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएकोमा १८ जनाको रिपोर्ट पोजेटिभ र ६० को रिपोर्ट नेगेटिभ आएको छ । १३ जनाको भने रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, इमेरजेन्सी लगायत फाँटका स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएको छ । यसअघि संक्रमित भएका ५ जनासहित कपिलवस्तु अस्पतालका २३ जनामा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालले इमेरजेन्सी बाहेकका सबै सेवाहरु बन्द गरेको छ । कपिलवस्तुमा बुधबारसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ जनाको मंगलबार राति बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएको छ । मंगलबार राति बुटवलमै मृत्यु भएका अर्का १ जनाको भने रिपोर्ट आउन बाँकि रहेकाे कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !