७ बैशाख २०८१, शुक्रबार

पोखरामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


पोखरा

पोखरा, २४ साउन । गण्डकी प्रदेशको राजधानी पोखरामा आज दिउसो गरी ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका-१७ र ९ का २ जना पुरुषहरु र १ जना महिला रहेका छन् ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै पोखरामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको पिसिआर परीक्षणमा पोखरा महानगरपालिका-१७ र ९ का २ जना पुरुषहरु र १ जना महिलामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये वडा नम्वर ९ मा २ जना र वडा नम्वर १७ मा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

वडा नम्वर ९ मा ४९ वर्षीया महिला १ जना र ५७ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै वडा नम्वर १७ मा ५५ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६११


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !