४ बैशाख २०८१, मंगलबार

प्रदेश २ मा मेयर र नेपाली सेनासहित ५५ जनामा देखियो कोरोना संक्रमण


नारायणी अस्पतालको प्रयोगशाला

वीरगञ्ज, साउन २४ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन २० गतेदेखि २३ गतेसम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ५५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।

नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूषहरु र ८ जना महिलाहरु रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा २२ वर्षदेखि ७४ वर्षसम्म उमेर समुहका रहेका छन् । नारायणी अस्पताल स्रोतले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया-१० घर भई ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक रहेका छन् । वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् ।

पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० वर्षीय मेयर रहेका नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्षदेखि ७४ बर्षसम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ बर्षदेखि ४० बर्षसम्मका २५ जना, छिपहरमाइ गाँउपालिका-५ भिस्वाका ३५ वर्षीय पुरुष १ जना र ५५ वर्षीय महिला १ जना रहेकी छिन् भने बिन्दवासिनी गाँउपालिका नगरदाहा-३ का ३१ वर्षीय पुरुष १ जना रहेको नारायणी अस्पताल स्रोतले बताएको छ ।

साथै बारा जिल्ला भलुही भरवलियाका ३० वर्षीय पुरुष १ जना, बारा जिल्ला मनहर्वाका ४३ वर्षीय पुरुष १ जना, सर्लाही जिल्लाका २६ वर्षीय १ जना रहको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !