, काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका १०६ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका १०६ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा आज देखियो १०६ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा आज थप १०६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ९२ जना, ललितपुर जिल्लाका १० जना र भक्तपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ८७ जना नयाँ संक्रमित