११ बैशाख २०८१, मंगलबार

पोखरामा आज एकैदिन थपिए कोरोनाका १० जना नयाँ संक्रमित


पोखरा

पोखरा, २३ साउन । गण्डकी प्रदेशको राजधानी पोखरामा आज एकैदिन बिहान २ जना र दिउसो ८ जना गरी १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका-२ र ८ का २ जना पुरुषहरु, पोखरा महानगरपालिका-१९ का ६ जना, वडा नं. १५ र ३२ का १/१ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोखरा महानगरपालिका-२ र ८ का २ जनामा कोरोना संक्रमण देखिएको थियो ।

गण्डकी प्रदेशमा आज ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७९

साथै प्रवक्ता डा. शर्माले आज दिउसो १२:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै पोखरामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको पिसिआर परीक्षणमा पोखरा महानगरपालिका-१९ का ६ जना, वडा नं. १५ र ३२ का १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५८७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !