८ बैशाख २०८१, शनिबार

साउन ३२ गतेसम्म सिरहाको मिर्चैया नगरपालिकामा लकडाउन गर्ने निर्णय


मिर्चैया नगरपालिका

लहान, साउन २२ । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । हिजो बुधबार सिरहा जिल्लामा ४ थप कोरोना संक्रमित फेला परेको छ । उनीहरु ४ जना नै समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका-५ मा १ जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी २ जना र गोलबजार नगरपालिकाको पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा १ जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

नगरपालिकाको-६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।नगरपालिकामा बसेको आपतकालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ ।

भारतबाट परिवारसहित फर्किएका राजविराजका १ जना वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !