१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा आज थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१९ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, साउन २१ । कपिलवस्तु जिल्लामा आज बिहान ५ जना र दिउसो ८ जना गरी थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८१९ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज बिहान कोरोना संक्रमण पुष्टि हुनेहरुमा कृष्णनगर नगरपालिकाका ५ जना रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको नमुना परीक्षणमा सबै ५ जनामा कोरोना संक्रमण देखिएको हो । हिजो कृष्णनगर नगरपालिकाको ९ जना प्रतीक्षामा रहेको रिपोर्टमध्ये थप ५ जनाको पोजेटिभ आएको छ भने ४ जनाको नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको नमुना परीक्षणमा दिउसो थप ७ जनामा कोरोना संक्रमण देखिएको हो । आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा शिवराज नगरपालिकाका २ जना पुरुषहरु र १ जना महिला रहेका छन् । साथै कपिलवस्तु नगरपालिकाका १ जना महिला र ३ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको छ । यो सबै नमुना समुदायबाट संकलन गरिएको हो ।

Random Sampling Techniques द्वारा साउन १५ शिवराज नगरपालिकाको चन्द्रौटा बजार क्षेत्रबाट कुल ३२ नमुना संकलनमध्ये १ जनामा कोरोना पोजेटिभ र अन्य ३१ नेगेटिभ नतिजा आएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !