१२ बैशाख २०८१, बुधबार

अख्तियारमा कार्यरत १५ जना कर्मचारीमा देखियो कोरोना संक्रमण


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै रहेको बताएका छन् । संक्रमण देखिएकामध्ये १४ प्रहरी र १ जना सिभिल ड्राइभर रहेका छन् । प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका १ जना प्रहरीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !