८ बैशाख २०८१, शनिबार

विज्ञ र विपक्षी दलका नेतासँग प्रधानमन्त्रीको छलफल सुरु, फेरी लकडाउनको सम्भावना


छलफल

२० साउन, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि ओलीले विज्ञहरुसँग परामर्श गरेका हुन् । जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !