१३ बैशाख २०८१, बिहिबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ , साउन १७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३१५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २००८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १ जना, इलामका १७ जना र सिरहाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जना, इलामका ५ जना, उदयपुरका १ जना र मोरङका २ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै नारायणी अस्पताल वीरगञ्जमा बाराका १ जना, पर्साका ६२ जना र रौतहटका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका ९ जना, कञ्चनपुरका ८ जना र काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७ जना, काभ्रेपलाञ्चोकका १ जना र रामेछापका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १ जना, स्टार अस्पताल सानेपामा पर्साका ३ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ जना, भक्तपुरका १ जना र पर्साका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका १ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५ जना, कैलालीका ५३ जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !