१२ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ६ जना नयाँ संक्रमित


काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा आज थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।ललितपुर जिल्लामा आजि कोरोना संक्रमण पुष्टि भएको छैन । हिजो काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जना, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा २ जना र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३८ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !