८ बैशाख २०८१, शनिबार

इलामको सशस्त्र प्रहरी गणमा कार्यरत २७ जनामा देखियो कोरोना संक्रमण


कोरोना C

इलाम, साउन १७ । प्रदेश नम्वर १ को सुदूरपूर्वी जिल्लालामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ ।

यसअघि उक्त गणमा कार्यरत १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गणमा हिजो शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । कोरोनको रिपोर्ट पोजिटिभ आएपछि सबै जनालाई गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुरधिरजंग थापाले जानकारी दिएका छन् ।

उनका अनुसार क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको छ । गणलाई पूर्ण रुपमा सिल गरेर वाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।

तर उनका अनुसार कोरोना संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन । नेपालमा केहि दिनदेखि सुरक्षामा खटिने प्रहरीहरुमा कोरोना संक्रमण बढिरहेको छ । यसले गर्दा नेपालमा कोरोना संक्रमण बल्ल समुदायमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !