काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३८ जना नयाँ संक्रमित Nepalpatra काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३८ जना नयाँ संक्रमित
२० मंसिर २०७७, शनिबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३८ जना नयाँ संक्रमित


काठमाडौं, साउन १६ । काठमाडौं उपत्यकामा आज थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३२ जना, ललितपुर जिल्लाका ५ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा ३ जना, वीर अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा २ जना र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ललितपुर जिल्लामा आज पाटन अस्पतालमा गरिएको परीक्षणमा २ जना, प्रहरी अस्पतालमा गरिएको परीक्षणमा १ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ४५ जना नयाँ संक्रमित



प्रतिक्रिया दिनुहोस !