१३ बैशाख २०८१, बिहिबार

पूर्वी नवलपरासीमा आज एकैदिन ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किए


घर फर्किए

असार २८, नवलपरासी । पूर्वी नवलपरासीमा आज एकै दिन ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत कावासोती नगरपालिकाका १२ जना, मध्यविन्दु नगरपालिकाका ४ जना, गैडाकोट नगरपालिकाका ५ जना, देवचुली नगरपालिकाका ४ जना संक्रमित उपचार पछि निको भएर फर्किएका हुन् ।

त्यसैगरी बौदीकाली गाउँपालिकाका ३ जना, बुलिङटार गाउँपालिकाका ४ जना, विनयी त्रिवेणी गाउँपालिकाका ४ जना र हुप्सेकोट गाउँपालिकाका ११ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

उनीहरु सबैको पिसिआर पुन परीक्षण गरेर नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको रजहरको प्राकृतिक चिकित्सालयले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

डिस्चार्ज हुनेमा ८ जना महिला रहेको छन भने बाँकी ३९ जना पुरुष रहेका छन् । निको भएर डिस्चार्ज हुनेमा १० बर्षीय बालक समेत रहेका छन् ।

नवलपुरमा आज एकैदिन ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !