७ बैशाख २०८१, शुक्रबार

नेपालका यी पाँच जिल्लाहरु भए ‘कोरोना फ्री‘


‘कोरोना फ्री‘

काठमाडौँ, असार २५ । नेपालका पाँच जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश १ का धनकुटा, भोजपुर, सोलुखुम्बु, गण्डकी प्रदेशको मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला जिल्ला गरी ५ वटा जिल्ला कोरोनामुक्त भएका छन्। पहिले कोरोना संक्रमितहरु देखिएपनि अहिले निको भएर घर फर्किसकेकोले गर्दा यी जिल्लाहरु ‘कोरोना फ्री’ भएका हुन् । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण घट्दै गएको मन्त्रालयको दावी छ।

यो पनि पढ्नुहोस्

नेपालका यी पाँच जिल्लाहरु भए ‘कोरोना फ्री‘


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !