८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ५ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २५ । काठमाडौं उपत्यकामा आज थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । ललितपुर र भक्तपुर जिल्लामा भने आज बिहिवार कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

काठमाडौंमा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ जना, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा १ जना, त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा २ जना र वीर अस्पताल, काठमाडौँमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका २३ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !