१३ बैशाख २०८१, बिहिबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असार २३ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा चितवनको रत्ननगर-७ का १ जना महिला, चितवनको माडी-२ का १ जना पुरुष, माडी-६ का ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार २३ गते प्राप्त भएका नमुनामघ्ये २२३ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २१८ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !