८ बैशाख २०८१, शनिबार

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५१६ पुग्यो


कोरोना भाइरस

सुर्खेत, २२ असार । कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५१६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो ४:३२ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा १७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा १ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा जुम्लाका १ जना, सुर्खेतका १४ जना र जाजरकोटका ३ जना रहेको डा. तिवारीले जानकारी दिएका छन् ।

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५१६ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !