१३ बैशाख २०८१, बिहिबार

काठमाडौंको ढलमा पनि भेटियो कोरोना भाइरस


कोरोना भाइरस

काठमाडौं, असार २० । काठमाडौंका मुख्य ४ स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस (कोभिड-१९) भएको देखाएको छ । सो अध्ययनमा ४ स्थानमध्ये २ स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो ।

सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो । सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा. दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिएका छन् ।

उनीहरुले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य ४ स्थानको ढलको नमुना लिदा मानिसको दिसामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो । कोरोना भाइरस मानिसको दिसामा भएको र भाइरस समुदायमा गइसकेको संकेत अनुसन्धानले देखेको छ ।

भाइरस समुदायमा गइएको संकेत अध्ययनले देखाएको छ । तर, लक्षण नभएका संक्रमित भएको पनि देखिन्छ । उनीहरुबाट पनि अरुलाई सर्न सक्छ । धेरै व्यक्तिको पिसिआर टेष्ट हुन नसकेको अवस्था यसरी अध्ययन गरी ढलमा भाइरस भेटिएका टोलटोलमा परीक्षण गर्न सकिन्छ ।

जनस्वास्थ्यविद् डा. समीरमणि दिक्षितका अनुसार लामो समयदेखि समुदायमा कोरोना भाइरस छ कि छैन भन्ने ठूलो प्रश्न थियो, यो अध्ययनले भाइरस समुदायमा छ भन्ने प्रमाणित गरेको छ । उनले ढलमा देखिनु भनेको धेरै जनामा भाइरस छ भन्ने संकेत दिएको बताए ।

हामीले समुदायमा पहिल्लैदेखि भाइरस छ भनेर पिसिआर परीक्षण दायरा बढाउनुपर्छ भन्दै आएका थियौँ । अध्ययनले पनि त्यही पुष्टि गरेको छ । परीक्षण बढाउनुपर्छ। डा. कर्माचार्यले यस्तै अध्ययन ललितपुरमा पनि गर्ने योजना रहेको बताएका छन् । अध्ययनको निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत बुझाउने उनले जानकारी दिएका छन् ।

ट्राभल हिष्ट्री नभएका उपत्यकाका बासिन्दामा कोरोना भाइरस संक्रमण देखिएपछि कोरोना संक्रमण समुदायमा गएको आंशका गरिएको छ । हालसम्म उपत्यकामा देखिएका मध्ये १२ जना संक्रमितको कुनै पनि ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !